काठमाण्डु, २५ कात्तिक– कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आज आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा भएको जिप दुर्घटनामा परि ८ जनाको मृत्यु भएको पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिएकी छन ।
जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले जानकारी दिएका छन ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको पनि उनले जानकारी दिएका छन ।