जेलमा बसे पनि सभापति रवि लामिछानेनै हुन्छन: उपसभापति अर्यालले

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् ।

आज (आइतबार) रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको पनि बताएका छन ।

उनले भने, ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’

रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् । जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरे ।

रास्वपाको कार्यवाहक सभापति कसले पाउने भन्ने चर्चा चलिरहेका बेला उनले यस्तो बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us