रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहस सकिएको छ ।

आज (आइतबार) कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने कास्की अदालत स्रोतले जानकारी दिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि लामिछानेलाई आइतबार पुनः म्याद थपको लागि अदालत लगिएको थियो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको थियो । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us