काठमाण्डु, २५ कात्तिक– चीनका लागि नेपाली राजदूतमा प्रा. डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् । ओलीलाई आज आइतबार राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम राजदूत नियुक्त गरेका हुन् ।
१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली राजदूत नियुक्त गरेका हुन् ।