काठमाण्डु, २५ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा आज आइतबार नियुक्त गरेका छन ।
निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको शीतल निवासस्थित राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरीएको छ ।