काठमाण्डु, २५ कात्तिक– जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोपमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाण्डु ल्याउन लागिएको छ ।
प्रदेश सभा सदस्य समेत रहेका उनलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाण्डु ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ ।
यती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकृतले जानकारी दिएका छन ।