पूर्वमन्त्री अधिकारीलाई काठमाण्डु ल्याउन जिल्ला प्रहरी परिसर काठमाण्डुको पत्र

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– जिल्ला प्रहरी परिसर काठमाण्डुले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेर उपस्थित गराइदिन विराटनगरमा पत्र पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई विराटनगरबाट नियन्त्रणमा लिइएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले जानकारी दिएका छन ।

कार्तिक १४ मा पूर्वमन्त्री अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा निष्कासन भएका थिए ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us