नागार्जुनबाट सशस्त्रका पूर्व एसपीसहित १० जना जुवाडे पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– प्रहरीले काठमाण्डुको नागार्जुन नगरपालिका–६ स्थित सिगारेपाटीबाट सशस्त्र प्रहरी बलका पूर्व एसपीसहित १० जना जुवाडेहरुलाई प्रकाउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले जुवा खालबाट ७९ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक जना अधिकृतले जानकारी दिएका छन ।

आरोपीहरू स्थानीय दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ५५ वर्षीय विजय कार्की, ६० वर्षीय विक्रम तामाङ, ३८ वर्षीय सोम लामा, ४५ वर्षीय विशेष सापकोटा र चन्द्रागिरि नगरपालिका घर भएका रामसिंह तामाङसहित १० जना छन् ।

घटनास्थलबाट प्रहरीले ५ बुक तास बरामद गरेको छ । आरोपीहरूलाई अनुसन्धानको लागी प्रहरी वृत्त स्वयम्भूमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us