सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमारलाई पनि अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते ११:३० मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइएको छ ।

इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष रहेका थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी सञ्चालन गरेका थिए ।

इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा कास्की रास्वपा सभापति रवि लामिछानेसँगै उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us