काठमाण्डु, २५ कात्तिक–राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ ।
ललितपुर महानगरपालिकाले आज आइतबार उक्त संरचनामा डोजर चलाएको हो ।
ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाइएको ललितपुर महानगरले जनाएको छ ।