काठमाण्डु, २५ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधनमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनस् अदालत पेश गर्दैछ ।
जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनस् अदालतमा उपस्थित गराइन लागेको हो ।
यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो ।
कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।