सरकार ७ बुँदे सहमतिअनुसार अघि बढेनः शेखर कोइराला

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते २३:०८ मा प्रकाशित

काठमाण्डू, २४ कात्तिक- काँग्रेस नेता शेखर कोइरालाले वर्तमान सरकार ठीक दिशामा नचलेको बताएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-११ मा शनिबार विपी कोइरालाको शालीक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

वर्तमान सत्ता गठबन्धन निर्माण हुनुअघि काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकारले कुनै काम नगरेको आरोप उनले लगाए ।

संविधान संशोधनसहित महत्वपूर्ण काम गर्ने गरी आफ्नो दलको समर्थनमा वर्तमान सरकार निर्माण भएको स्मरण गर्दै केइरालाले सरकारले संविधान संशोधनको काम सुरु नगरेकामा आपत्ति जनाए ।

सात बुँदे सहमति कार्यान्वनबारे प्रश्न उठाउनुपर्ने बेला आएको उनको भनाइ थियो ।

संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्नेमा कोइरालाले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us