काठमाण्डु, २४ कात्तिक– प्रहरीले काठमाण्डुबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नगद ३ लाख २३ हजार रूपैयाँ, १६ वटा कौडा र ३ बुक ताससहित ११ जनालाई शनिबार पक्राउ गरेको हो ।
स्थानीय दीपक लामिछानेको घरमा जुवा खेलिरहेको सूचानाका आधारमा प्रहरीले छापा मारेको थियो ।