रवि लामिछानेको पक्राउ प्रतिशोध र निरंकुशताको निकृष्ट कृत्यः रास्वपा

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते २०:५३ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बसेको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले आन्दोलन गर्दै आएको छ ।

२ कात्तिकमा काठमाण्डुबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । बैठकले सभापति लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोधको निस्कृष्ट कृत्यको संज्ञा दिएको छ ।

रास्वपाको बढ्दो प्रभाव रोक्न र जनसमर्थन दबाउने सुनियोजित षड्यन्त्रका रुपमा सभापति लामिछानेलाई पक्राउ गरिएको रास्वपाले जनाएको छ ।

‘सभापति रवि लामिछानेविरूद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै रास्वपा यस कार्यको घोर भ्रर्त्सना गर्दछ,’ झाले विज्ञप्तिमा भनेका छन्, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ ।’

संसदीय छानबिन समितिले बुझएको प्रतिवेदनमा सहकारी संस्थाबाट गोरखा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि कुनै पनि कागज प्रमाण नभेटिएको तथ्य उल्लेख गरिएको भए पनि सोही अभियोगमा पक्राउ गरिनुले सत्तारुढ गठबन्धनले राजीतिक निषेध गर्ने खोजेको ठम्याई रास्वपाको छ ।

कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरु नवीन विचार र आवाजलाई दबाउन उद्धत रहेको रास्वपाको भनाइ छ ।

‘राज्यको यस्तो स्वेच्छादारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासनविपरीत छ’, विज्ञप्तिमा भनिएको छ, ‘रास्वपा माम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दछ ।’

राज्यको स्वेच्छादारी र अधिनायकवादी प्रवृत्तिविरुद्धको आन्दोलनमा साथ दिन पनि सो पार्टीले अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us