गैंडाको आक्रमणबाट पथ प्रदर्शक घाइते

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– चितवनको सदावहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैंडाको आक्रमणबाट भएका छन ।

गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन । भरतपुर अस्पतालमा उपचार भईरहेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us