काठमाण्डु, २३ कात्तिक– सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको भने २४ भन्दा बढी मान्छे घाइते भएका छन ।
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो ।
गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट तल खसेको प्रहरीले जानकारी दिएको छ ।
हालसम्म दुर्घटनामा २४ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिएका छन ।
घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ भने थप विवरण आउन बाँकी नै रहेको उनले बताए ।