काठमाण्डु, २३ कात्तिक– सर्वेच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शीक्तका अध्यक्ष बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको रिटमा आज शुक्रवार महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउनु भन्ने आदेश गरेको छ।
पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि आज पेसी तोकिएको थियो ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको रिटमा यस्तो आदेश दिइएको हो ।