सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मतिले अनुमोदित

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

आज (शुक्रबार) बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरि न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिएका छन ।

निरौलाबिरूद्द २ वटा उजुरी समेत परेको थियो । सुनुवाइका क्रममा सांसदहरूले ती उजुरी सहित न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाई लगायत बारे सांसदहले प्रश्न समेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us