न्यायालयमा कार्य योजना र प्रतिबद्धताअनुसार काम नहुने अवस्था: सुनिता बराल

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– एमाले सांसद सुनिता बरालले न्यायालयमा कार्य योजना र प्रतिबद्धता अनुसार काम नहुने अवस्था रहेको दाबी गरेकी छन ।

आज शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि भएको संसदीय सुनुवाइका क्रममा बोल्दै एमाले सांसद बरालले यस्तो बताएकी हुन ।

उनले निरौलाबाट न्याय नपाएको भन्ने उजुरी परेको प्रसङ्ग उठेको जनाउँदै प्रशासनिक क्षेत्रमा काम गर्दा पनि नेतृत्वमा कमजोरी रहेको भन्ने उजुरी परेको बताएकी छन र सांसद बरालले भनिन्, ‘फौजदारी मुद्दामा नीतिगत रूपमा फड्को मार्ने भनेर कसरी भन्नुभयो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us