प्युठानमा मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिएका छन ।

शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएको उनले जानकारी दिएका छन ।

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्युठान प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us