काठमाण्डु, २२ कात्तिक– प्रहरीले काठमाण्डु महानगरपालिका–२६ ठमेलस्थित यति कोजी होटलबाट कटुवा पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरको छ ।
बुधबार कटुवा पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरीएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । उक्त होटलको पहिलो तलामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाई गर्ने क्रममा पेस्तोल र गोली फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार कसले ल्याएर छाडेको हो भन्नेबारे अनुसन्धान सुरु गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।