काठमाण्डु, २२ कात्तिक– प्रहरीले काठमाण्डुको नागढुंगाबाट प्रहरीले आधा केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल रहेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ । कालो टेपले बेरेर ल्याएको सो सुन नेपालगञ्जबाट ल्याएको आरोपीले प्रहरीलाई बताएका छन ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइने जिल्ला प्रहरी परिसर काठमाण्डुका एक जना अधिकृतले जानकारी दिएका छन ।