सीतापाइला–धार्के सडक फेरि १५ दिनका लागि बन्द हुने

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– काठमाण्डुको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक फेरी १५ दिनका लागि बन्द हुने भएको छ ।

उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने तयारी गरीएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ २३ कात्तिकदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

यो अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us