प्रधानमन्त्री ओलीद्वारा छठको शुभकामना

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १०:३१ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक- प्रधानमन्त्री केपी ओलीले पर्व छठका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताए ।

उनले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको उल्लेख गरे ।

‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो,’ ओलीले लेखेका छन्, ‘हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन् ।  सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us