काठमाण्डु, २० कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुले पोखरमा विरोध प्रर्दशनको क्रममा सादा पोसाकमा खटीएका प्रहरी माथि हातपात गरेका छन ।
सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा एक जना प्रहरीमाथि उनीहरुले हातपात गरेका हुन । मंगलबार दिउँसो पोखरास्थित वाई चोकमा सादा पोसाकमा खटिएका प्रहरीमाथि रास्वपाका कार्यकर्ताहरूले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
निषेधित क्षेत्र नजिक भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले उनीमाथि कुटपिट भएसँगै त्यहीँ खटिएका सहकर्मी प्रहरीले उद्धार गरेका थिए ।
उनीमाथि मुक्का प्रहार हुन थालेपछि प्रहरीले उद्धार गरेको जनाइएको छ । प्रहरीले कुटपिट भएका आफ्नो कर्मचारीको परिचय खुलाएको छैन ।
रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन् ।