रवि लामिछानेको म्याद थपबारेको बहस सकियो

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ ।

आज मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको अदालत स्रातले जानकारी दिएको छ । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन ।

कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us