काठमाण्डुको गोकर्णेश्वरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– काठमाण्डुको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us