मिनीट्रकको ठक्करबाट छहरेमा मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते ९:३० मा प्रकाशित

नुवाकोट, १६ कात्तिक- टोखा–छहरे सडकअन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

अर्का एक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

तादी–३ कै राजाराम श्रेष्ठ गम्भीर घाइते छन् । उनको काठमाण्डुको टोखास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार मिनीट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us