काठमाण्डुमा पसलमा आगलागी

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते ८:१७ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक- काठमाण्डु महानगरपालिका–८ स्थित राममन्दिर नजिकै एक पसलमा आगलागी भएको छ ।

स्थानीय सौभाग्यविक्रम शाहको घरमा रहेको किराना पसलमा गएराति आगलआगी भएको हो ।

आगलागीबाट चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

दीपावलीका लागि बालिएको बत्तीबाट आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us