बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १५ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– प्रहरीले बलात्कार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१० पचेहरा बस्ने ३८ वर्षीय त्रियुगी केवट रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेको हो । बलात्कार मुद्दामा उनलाई २५ असोज २०८० मा ७ वर्ष कैद सजाय तोकिएको थियो ।

फरार केवटलाई पचेहराबाटै पक्राउ गरिएको जिल्ला कपिलवस्तुका एसपी निरञ्जन भट्टराईले जानकारी दिएका छन । उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us