राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको निधन

काठमाण्डु टुडे २०८१ कार्तिक १५ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको निधन भएको छ । उनको आज बिहिबार ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आभएका सैंजुको सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको उनको छोरी मीता प्रधानले जानकारी दिएकी छन् ।

उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्याक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए ।

सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्तिपट्टबाट उनी सुशोभित थिए । पूर्वराजदूत सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । उनका श्रीमती, एक छोरा, एक छोरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us