
काठमाण्डु, १३ कात्तिक– सात्ताको कारोबारको तेस्रो दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले वुद्धि भएको छ । ४६.६९ अंकले बजार वृद्धिहुँदा परिसूचक २६९२ विन्दुामा पुगेको हो ।
यसअघि चार कारोबार दिनपछि सोमबार बजार २७ अंकले उकालो लागेको थियो । आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
मंगलबार १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसले गर्दा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा रहेको छ । यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक वृद्धि भएको छ ।