तिहार र छठ बिदामा पनि मानव अधिकार आयोग खुला रहने

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १५:३० मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– तिहार र छठ पर्वको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु खुला रहेन भएका छन । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन ।

बिदामा कार्यालय खुला हुँदा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने उनले जानकारी दिएका छन ।

आयोगको ललितपुर पुल्चोकस्थित केन्द्रीय कार्यालय, सातवटा प्रदेश कार्यालय र खोटाङ र नेपालगञ्जमा रहेका प्रदेशका शाखा कार्यालय तिहार र छठ बिदाका बेलामा खुल्ने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us