शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोज्यो: सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– पूर्व शिक्ष विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रास्वपाको आन्दोलन कमजोर बनाउन सरकारले सत्ता र शक्तिको प्रयोग गरेको बताएकी छन ।

आज (मंगलबार) सहकारी बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा भएको सडक सङ्घर्षमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन ।

उनले यसको सशक्त प्रतिरोध गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् । उनले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासन लगाएर दबाउन खोजेको आरोप समेत लगाएकी छन ।

उनले भनिन्, ‘तपाईँहरूले सक्दै सक्नु हुन्न यो प्रतिरोधलाई दबाउन सक्दै सक्नुहुन्न । हामीलाई तर्साउन गलाउन र कमजोर बनाउन तथा फुटाउने प्रयास यिनीहरूले गर्छन्, हाम्रै दाजुभाइ दिदीबहिनी प्रयोग गरेर तर्साउँछन् यसको प्रतिरोध गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us