बिन्दा र उषाकिरणले पार्टीलाई स्पष्टीकरण बुझाए

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक–एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन । आज सोमबार पाण्डे र तिम्सेनाले स्पष्टीकरणको जवाफ बुझाएको एमाले पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ ।

तिम्सेनाले पार्टी कार्यालय पुगेर र पाण्डेले कार्यालयका प्रतिनिधिलाई घरमै बोलाएर जवाफ बुझाएको एमाले स्रोतले जानकरी दिएको छ । पाण्डे खुट्टामा लागेको चोटका केही दिनदेखि घरमै आरामरत गर्दै आएकी छन ।

पाण्डे र तिम्सेनाले स्पष्टीकरणको जवाफमा माफी मागेका छैनन् । बरु उनीहरूले पार्टीको गरिमा र छविलाई थप माथि उठाउन सार्वजनिक रूपमा उठेका विषयलाई छलफलको विषय बनाउनुपर्ने उल्लेख गरेका स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us