महोत्तरी, १२ कात्तिक– महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव भेटिएको छ । महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५–३० वर्षकी महिलाको शव भेटिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन । बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् ।
अनुहारमाथि सल राखेर जलाइएको छ । अनुहारको केही भाग जलेको डीएसपी जयसवारले जानकारी दिएका छन । उनका अनुसार घटनास्थलको प्रकृतिले महिलाको हत्या भएको देखिन्छ ।
महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।