दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम भएको हल्ला, प्रहरीले थाल्यो जाँच

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– आज (सोमबार) काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छिमेकी देश भरतको नयाँ दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिएका छन ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us