काठमाण्डु, १२ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताएकी छन । आज सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन ।
उनले पार्टी सभापति रवि लामिछानेको मुद्दा र आन्दोलनप्रति इङ्गित गर्दै सो कुरा बताएकी छन । रास्वपा सांसद कार्कीले भनिन्– ‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन ।
१२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो ।
हामीले आन्दोलन गलत मनसायले गरेको हैन ।’ उनले लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीसँग अनुरोध समेत गरिन् ।