अनुमति विना काठमाण्डु आएको एयर एसियालाई कारबाही

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति विना थाइल्यानडको बैंककबाट काठमाण्डु आएको एयर एसियालाई कारबाही गरेको छ ।

प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको छ । प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि कारबाही गरेर तत्काल टिकट काट्न रोक समेत लगाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट ‘विन्टर सेड्युल’ सुरु भएको छ । तर एयर एसियाको  काठमाण्डु उडान अनुमति शनिबारसम्मका लागि मात्रै थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us