काठमाण्डु, ११ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आइतबार पनि काठमाण्डुको माइतीघर मण्डलमा प्रदर्शन र नाराबाजी गरेको छ ।
माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए । सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेर अनुसन्धान थालेपछि रास्वपाले दिनहुँजसो प्रदर्शन गर्दै आएको छ ।