बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– पोखरामा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीय सोनु खड्का रहेकी छन । लेखनाथस्थित आदर्श चोकमा आइतबार ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्करबाट मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us