नवलपरासीमा जङ्गली च्याउ खाँदा पाँचजना बिरामी

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नवलपरासी पूर्वमा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी भएका छन । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी भएको प्रहरीले जनाएको छ ।

जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिएका छन ।

बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिएका छन । अहिले सबैको अवस्था सामान्य रहेको शाहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us