९ अङ्कले घट्यो सेयर बजार, बैंकिङमा उच्च गिरावट

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक (नेप्से) ९.१९ अङ्कले ओरालो लागेको छ । सामान्य अङ्कले बजार घट्दा परिसूचक २६१८ बिन्दुमा झरेको हो ।

आज १४१ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल १ करोड ११ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

समग्र परिसूचक घटे पनि आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी समृद्धि फाइनान्स लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार फाइनान्स र जीवन बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । आज फाइनान्स उपसमूह र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.११ र १.१५ प्रतिशतले वृद्धि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us