काठमाण्डु, ११ कात्तिक– नेपालमा उडान अनुमतिको म्याद सकिएको थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाण्डुमानै अवतरण गराइएको छ ।
झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमास्थल स्रोतले जानकारी दिएको छ ।
जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाण्डुमानै अवतरण अनुमति दिइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन ।