अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुँदैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन ।

आज (आइतबार) ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको भन्दै कोही उफ्रँदैमा डेमोक्रेसी खत्तम नहुने बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘म भन्दिन चाहन्छु, दुईचार अराजक तत्त्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन । हुन दिइने छैन ।’ उनले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनुपर्छ भन्ने बुझेको पनि बताएका छन ।

उनले कसैले हतियार चलाउन बिर्सेका छैनौँ भन्दैमा आत्तिनुनपर्ने भन्दै प्रधानमन्त्रीले दुईचार हजारको जुलुस निस्कँदैमा भरेभोली नै गयो सरकार भनेर प्रचार भएकोमा आक्रोश पोखेका छन । ‘खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने ।

अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन । खुर्सानी चपायो भने पिरो हुँदैन ?’ ओलीले माओवादी केन्द्र र रास्वपाको आन्दोलनलक्षित टिप्पणी गरे । उनले सरकारले कसैलाई पनि अन्याय गर र गिरफ्तार गर नगर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us