काठमाण्डु, ११ कात्तिक– प्रहरीले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बस्ने ४५ वर्षीय निर्मल थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले शनिबार साँझ उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।