पेस्तोलसहित काठमाण्डुबाट १ जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– प्रहरीले काठमाण्डुबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाण्डु महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाण्डुले जानकारी दिएको छ ।

उनको साथबाट अटो पेस्तोल यूएसए ६५ एनओ १ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us