रास्वपाले आज पनि सडक आन्दोलन गर्ने

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १३:०० मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि सडक आन्दोलन गर्ने तयारी गरेको छ । रास्वापाले आज माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने उनले जानकारी दिएका छन । झाले भने, ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us