वन मन्त्रालयको नाम फेर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते ११:५६ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन भएको छ ।

कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा वन मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रिपरिषद बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय लिएको बताए ।

अब उक्त मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राखिने भएको छ ।

उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजान मन्त्रालयको नाम परिवर्तन गरिएको उनको भनाइ थियो ।
जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौती उत्पन्न भएको खरालले बताए ।

जलवायु परिवर्तनका कारण आफ्नो भूमिका नभए पनि नेपालले ठूलो क्षति व्यहोरिरहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us