दाङ, १० कात्तिक– दाङमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सल्यानबाट तुलसीपुर आउँदै गरेको रा१ज ८२२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका–३ साततेलमा शनिबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा दाङको दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए । ठकुरीका अनुसार दुर्घटनामा अरु तीन जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।